कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ खिलाङ्गस्थित सेती नदीको बीच भागमा अड्किएका व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।
सुर्खेत जिल्ला घर भई सोही ठाउँ बस्ने २१ वर्षीय तेजबहादुर घर्तीमगर पौडी खेल्ने क्रममा नदीको बीच भागमा अड्किएका थिए।
सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली खटिई उनको सकुशल उद्वार गरेको हो।
प्रतिक्रिया