ad ad

समाज


नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको अभियोगमा शिक्षकविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको अभियोगमा शिक्षकविरुद्ध मुद्दा

नेपालखबर
असार २६, २०८० मंगलबार १५:२, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर जागिर खाएको आरोपमा एक जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।

मोरङको श्री शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरमा कार्यरत शिक्षक रामचन्द्र मण्डलविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मण्डलले पेस गरेका शैक्षिक योग्यताको प्रमाणपत्र नक्‍कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले शिक्षक पदमा नियुक्तिका लागि मगध युनिभर्सिटी भारतबाट बीएससी उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी अस्थाई शिक्षक नियुक्ति भई लाभ, सुविधा लिएको अख्तियारले जनाएको छ।

साथै सोही अस्थाई शिक्षकको सेवा अवधिको निरन्तरतामा स्थायी पदमा समेत नियुक्त भई लाभ र सुविधा लिएको पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .