ad ad

समाज


पत्रकार महासंघ ललितपुरको दुई दिने ‘डिजिटल पत्रकारिता तालिम’ सम्पन्न

पत्रकार महासंघ ललितपुरको दुई दिने ‘डिजिटल पत्रकारिता तालिम’ सम्पन्न

नेपालखबर
असार १६, २०८० शनिबार १६:१४, काठमाडौँ

नेपाल पत्रकार महासंघ, ललितपुरको आयोजनामा दुई दिने ‘डिजिटल पत्रकारिता तालिम’ सम्पन्न भएको छ। जिल्लामा क्रियाशील पत्रकारहरूलाई केन्द्रित गरेर तालिम आयोजना गरिएको हो। 

ललितपुरको जावलाखेलमा शुक्रबार र शनिबार भएको तालिममा २१ जना जिल्लाका सक्रिय पत्रकारहरूको उपस्थिति थियो। 

तालिममा सहभागी सबैलाई प्रमाणपत्रसहित सम्मान पनि गरिएको छ।

रेडियो, टेलिभिजन, अनलाइन र पत्रिकामा काम गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले बताए। 

साथै, पत्रकारितामा अप टू डेट हुनुपर्ने बताउँदै न्यौपानेले नागरिक पत्रकारहरू धेरै अघि बढिसकेकाले फरक किसिमको पत्रकारिता गर्नुपर्ने उनले बताए। ‘यो तालिमले सिकेका कुराहरु भन्नुभयो भने हामी खुसी हुन्छौं,’ तालिममा सहभागीहरुलाई धन्यवाद दिँदै अध्यक्ष न्यौपानेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .