ad ad

समाज


प्रहरी ट्रक दुर्घटनामा एककाे मृत्यु, चार प्रहरी गम्भीर घाइते (अपडेट)

 प्रहरी ट्रक दुर्घटनामा एककाे मृत्यु, चार प्रहरी गम्भीर घाइते (अपडेट)

नेपालखबर
माघ १, २०७६ बुधबार १३:३९,

माघे संक्रान्तिका अवसरमा सुरक्षा दिन आएको प्रहरीको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते बनेका छन्।

दुर्घटनामा प्रहरी जवान सन्दिप केसीको मृत्यु भएको हो। केसी सशस्त्र प्रहरी गण पोखरामा कार्यरत थिए।

मेलाको सुरक्षााका लागि पोखराको गणबाट आएका प्रहरी बोकेको ट्रक फर्कने बेला दासढुंगाको पारिपट्टी दुर्घटनामा परेको हो। दुर्घटनास्थल चितवन र तनहुँको सीमामा पर्छ।

सो ट्रकमा ३४ जना प्रहरी सवार रहेका थिए। दुर्घटनामा घाइते भएकाको अहिले भारतपुरस्थित पुरानो भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको बागमतीका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .