डिसेम्बर ३० तारिखका दिन उत्तर प्रदेशस्थित सुल्तानपुरको ग्यास स्टेसनमा बँदेलले आतंक मच्चाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
बँदेलले बाटोमा देखेजति सबै मानिसलाई थुतुनोले हिर्काएर लडाएको थियो। यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ।
भिडियोमा मानिसहरुले बँदेललाई हिर्काउन खोज्दा आतंकित बँदेलले मानिसहरुलाई थुतुनोले हिर्काएर लडाएको देखिएको छ।
बँदेलको आक्रमणबाट एक व्यक्ति घाइते भएको बताइएको छ। बँदेल मानिसहरुलाई आक्रमण गरी वेपत्ता भएको जनाइएको छ।
(भिडियो)
प्रतिक्रिया