ad ad

समाज


पहिलोपटक चीनको सिमानामा सशस्त्रको सीमा सुरक्षा पाेस्ट

पहिलोपटक चीनको सिमानामा सशस्त्रको सीमा सुरक्षा पाेस्ट

नेपालखबर
पुस २९, २०७६ मंगलबार ११:८,

चीनसँग सिमाना जोडिएको संखुवासभाको किमाथांकामा सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा पाेष्ट (बोर्डर आउट पोस्ट) स्थापना गरेको छ।

मंगलबार सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सीमा पाेष्टको उद्घाटन गरेका हुन्। उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको यो पहिलो सीमा सुरक्षा पाेष्ट हाे। 

साे पाेष्ट स्थापनाका लागि सोमबार पूर्ब क्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बलको टोलीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत किमाथांका लगिएको थियो। स्थानीय व्यक्तिका २ तले  २ घर भाडामा लिएर सो सीमाचौकी स्थापना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सीमा सुरक्षा पाेष्ट स्थापना गरिएको स्थान संखुवासभाको सदरमुकाम खाँदबारीबाट ११० कीमी टाढा र नेपाल–चीन सीमाबाट १ कीमीको दूरीमा रहेको छ।

यो सीमा सुरक्षा पाेष्टसँगै सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेष्ट संख्या ११२ पुगेको छ र अन्य थप स्थानमा समेत सीमा सुरक्षा पाेष्ट स्थापना गर्ने कार्य अगाडि बढिरहेको सशस्त्र प्रहरी बलले बताएको छ।

केही दिनअघि नेपाल सरकारले सशस्त्र प्रहरी बलको १ सय १४ नयाँ सीमा सुरक्षा पाेष्ट (बीओपी) स्थापना गर्ने योजना अनुसार नै यी बीओपी स्थापना भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .