ad ad

समाज


गाभिन चाहने क्याम्पसलाई निवेदन दिन त्रिविको आह्वान (सूचनासहित)

गाभिन चाहने क्याम्पसलाई निवेदन दिन त्रिविको आह्वान (सूचनासहित)

नेपालखबर
जेठ ३०, २०८० मंगलबार ९:२६, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आपसमा गाभिई समायोजन (मर्ज) हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरूलाई असार मसान्तसम्म निवेदन दिन आह्वान गरेको छ।

त्रिविले मंगलबार सूचना प्रकाशन गरी आफूबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पस मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन भनेको हो। 

एकापसमा मर्ज हुन चाहने क्याम्पसहरूले आआफ्ना क्याम्पससभा वा सञ्चालक समितिबाट यस विषयमा निर्णय गराई निर्देशनालयमा निवेदन दिनुपर्ने हुन्छ। 

निवेदन दिँदा मर्ज हुन इच्छुक क्याम्पसका बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिद पेस गर्नुपर्ने त्रिविले जनाएको छ। 

हेर्नुहोस् सूचना-


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .