सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्र मानिन्छ।
216
Shares
प्रतिक्रिया