पोखरा-बागलुङ सडक खण्डमा जिपको ठक्करबाट एक युवकको ज्यान गएको छ।
बागलुङबाट पोखरा आउँदै गरेको लु ३ च ५१२ नम्बरको जिपले शनिबार राति सवा ९ बजे ठक्कर दिँदा करिब ३० वर्षीय युवा घाइते भएका थिए।
स्थानीयको जानकारीपछि राति सवा १० बजेतिर घाइतेको कास्की प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको थियो।
तर, अस्पतालले युवालाई मृत घोषित गरेका प्रहरीले जनाएको छ।
युवकको परिचय खुल्न सकेको छैन। चालक र जिप भने प्रहरीको नियन्त्रणमा रहेको छ।
177
Shares
प्रतिक्रिया