ad ad

समाज


टोपबहादुर बुढासहित १९ कैदीलाई राष्ट्रपतिको आममाफी, अरु ४८२ कैदीको सजाय मिनाहा

टोपबहादुर बुढासहित १९ कैदीलाई राष्ट्रपतिको आममाफी, अरु ४८२ कैदीको सजाय मिनाहा

नेपालखबर
जेठ १४, २०८० आइतबार १८:३०, काठमाडौँ

सरकारले जेष्ठ नागरिकसहित ४८२ जना कैदीको बाँकी सजाय मिनाहा गरिदिएको छ। 

राषट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको निर्णयअनुसार उनीहरुको सजाय मिनाहा गरिदिएका हुन्। 

मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ १५ गतेको गणतन्त्र दिवसका दिनदेखि लागु हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ (लिम्बू)समेतका ४७५ जना र जेष्ठ नागरिक उदय नारायण गिरीसहित ७ सातजना सहित जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय राष्ट्रपतिले माफी गरिदिएका हुन्। 

राष्ट्रपतिले संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवसको अवसरमा सजाय माफी गरिदिएका हुन्।

त्यसैगरी राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकका सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय आममाफी दिएका छन्। 

उनले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुको सजाय माफी दिएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .