ad ad

समाज


काठमाडौँको गोंगबुबाट हतियार किनबेचमा संलग्न दुई जना पक्राउ

काठमाडौँको गोंगबुबाट हतियार किनबेचमा संलग्न दुई जना पक्राउ

नेपालखबर
पुस २६, २०७६ शनिबार १०:२५,

प्रहरीले काठमाडौँको गोंगबुबाट दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो विशेष सुराकीका आधारमा गणेशमान चारनाथ नगरपालिका ७ धनुषाका २४ वर्षीष धर्मेन्द्र पासवान र विष्णुपुर गाउँपालिका ६ सिरहाका ४१ वर्षीय दिनेशकुमार साहलाई प्रहरीले काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले ६ वटा गोली लाग्ने पेस्तोल बरामद गरेको छ। बा१५च ७५२६ नम्बरको कारको पछाडिको सिटमा लुकाएर ल्याएको अवस्थामा सो हतियार फेला परेको हो।

उनीहरु हतियार व्यवसायी भएको र तराइबाट काठमाडौँमा हतियार सप्लाइ गर्ने कार्यमा संलग्न रहेको प्रहरीको अनुमान छ।

पक्राउ परेका मध्ये पासवान गाडी चालक र साह गेस्ट हाउसका सञ्चालक रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .