काभ्रेकाे नमोबुद्ध नगरपालिका–२ अन्तर्गत बिपी राजमार्गअन्तर्गत सेल्फिडाँडास्थित आज टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौँको बा२क ५ नम्बरको मिनी आइचर टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २५० फिट तल खस्दा टिफरमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।
मुत्यु हुनेमा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी वर्ष २३ को चालक अस्बिन विष्ट र ललितपुर जिल्ला चुनीखेल बस्ने अन्दाजी वर्ष २२ को विशाल खड्का रहेका छन्। खड्का सडक विभाग वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौँको सुपर भाइजर रहेको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रास
प्रतिक्रिया