ad ad

समाज


ठुलो परिमाणमा लागूऔषधसहित दुई जना पक्राउ

ठुलो परिमाणमा लागूऔषधसहित दुई जना पक्राउ

नेपालखबर
पुस २४, २०७६ बिहिबार १४:३,

सिरहाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका ५ बस्ने २३ वर्षिय मोहमद अजिम र २४ वर्षिय मोहमद हस्मद राईन छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो।

स ६० प ९८०१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुले उक्त मोटरसाईकलको डिक्कीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेनारागन ४७ वटा, डाईजोपाम ४७ वटा र नरफिन ४७ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .