रामेछापको खाँडादेवीकी बालकुमारी खड्काले छोरा गणेशकुमार खड्काको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार सहयोगका लागि अपिल गरेकी छन्।
मिर्गौला दान गर्न कान्छी छोरी तयार भए पनि धरौटी र उपचार खर्च अभाव भएको उल्लेख गर्दै बालकुमारीले सहयोगका लागि सबैमा आग्रह गरेकी हुन्। डेढ वर्षदेखि गणेशकुमारका दुवै मिर्गौलाले काम गर्न छाडेको छ। हाल उनी काठमाडौँमा उपचाररत छन्।
‘छोरा गणेशको प्राण बचाउन दुवै मिर्गौला फेर्नुपर्ने भएको छ। मेरी कान्छी छोरी मिर्गौला दान दिन तयार छिन्। तर धरौटी राख्न रु पाँच लाख अझै जुट्न सकेको छैन’,उनले भनिन्।
२२ वर्षीय छोरालाई सक्दो सहयोगका लागि ९८६९२७५८०१ नम्बरमा सम्पर्क गर्न तथा गणेशको नाममा लक्ष्मी बैँकको बनेपा शाखामा रहेको खाता नं ००३२०१५९७१२ मा सहयोगका लागि बालकुमारीले अपिल गरेकी छन्।
Shares
प्रतिक्रिया