वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआजी) पदमा पदोन्नति भएका १३ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन्।
बढुवा भएका डीआईजीहरुमा कुबेर कडायत, केदार ढकाल, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञबिनोद पोखरेल र विकासराज खनाल रहेका छन्।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाईसहित निर्देशन दिएका थिए।
27
Shares
प्रतिक्रिया