सन् १९०३ मा जन्मिएकी टनाका गतवर्ष विश्वकै वृद्ध व्यक्तिको रुपमा गिनिस बुक अफ वल्र्ड रेकर्ड्सबाट सम्मानित भएकी थिइन्।
फुकुओकाकी केनकाले जनवरी २ मा आफ्नो १ सय १७ औं जन्मदिन मनाएको एससीएमपीले जनाएको छ।
उनको जन्मदिन टीभीक्यू क्युसु ब्रोडकास्टिङमा देखाइएको थियो। उनले जन्मदिनमा केक खाएर उक्त केक मिठो भएको बताएकी थिइन्।
केन टनाका बिहान ६ बजे नै उठ्ने गर्छिन्। उनी गणित विषय पढ्न रुचाउँछिन्। हाल उनी विश्वकै वृद्ध व्यक्ति भएपनि उनी सबैभन्दा धेरै बाँचेको व्यक्ति भने होइनन्।
विश्वमै सबैभन्दा बढी बाँच्ने व्यक्ति हुन फ्रान्सकी जेनी लुसी कालमेन्ट उनी १ सय २२ वर्ष बाँचेकी थिइन्।
प्रतिक्रिया