ad ad

समाज


धेरै अस्पताल खोल्नेभन्दा भएकाबाट प्रभावकारी सेवा दिन केन्द्रित हुनुपर्छ: स्वास्थ्यसचिव पोख्रेल

धेरै अस्पताल खोल्नेभन्दा भएकाबाट प्रभावकारी सेवा दिन केन्द्रित हुनुपर्छ: स्वास्थ्यसचिव पोख्रेल

रासस
चैत २६, २०७९ आइतबार ७:७, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका  सचिव डा. रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताएका छन्।

भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्ने बताए।

सरकारी अस्पतालमा सेवा वृद्धि गर्न आवश्यक कर्मचारी अस्पतालले राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन गर्न लागेको उनले जानकारी दिए। उनले भने, 'अहिले बिरामी धेरै आए भनेर डराउने होइन, गुणस्तरीय सेवा कसरी दिने भन्ने विषय महत्वपूर्ण हो।'

 भरतपुर अस्पताललाई सरकारले पाँच सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति दिइसकेको उनको भनाइ थियो। 

कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यसचिव बद्रीबहादुर खड्काले सरकारी अस्पताल गरिब निमुखाको अस्पतालका रूपमा विकास गर्नुपर्ने बताए।

बागमती प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको यस अस्पतालको विकासमा प्रदेश सरकार रहेको जनाउँदै उनले यस अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्न सकारात्मक रहेको बताए।

अहिले विसं २०५१ को ‘ओएनएम सर्भे’अनुसार अस्पतालहरूमा कर्मचारी कम भएकाले सेवा प्रभावकारी बनाउन नसकिएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .