ad ad

समाज


इन्सपेक्टर जय नेपाल थापाविरुद्ध मुद्दा दायर

इन्सपेक्टर जय नेपाल थापाविरुद्ध मुद्दा दायर

नेपालखबर
पुस २०, २०७६ आइतबार १४:४२,

महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। ठगीमा परेका एक ब्यक्तिसँग उल्टै घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई पक्राउ गरेको थियो।

महाशाखामा दर्ता रही जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी उपर कानूनबमोजिम पक्राउ गर्नुपर्नेमा त्यसो नगरी ठगी भएको रकम असुल गराउने वातावरण मिलाइदिएवापत थापाले सेवाग्राहीसँग रु ४० हजार घुस मागेको आयोगको भनाइ छ। आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले प्रहरी निरीक्षक थापालाई घुस लिँदालिँदै पक्राउ गरेको थियो।

आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरित ठगी मुद्दामा ठगी भएको रकम उठाइदिन वकिललाई दिनुपर्ने रकम भनी पीडितबाट पैसा मागेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ। आयोगले बिगो अनुसार कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै आयोगले गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। धनुषा जिल्लाका साविक भरतपुर गाविसमा नेपाली सेनाका लागि अधिग्रहण गरिएको गुठीको जग्गाको स्वामित्वमा रहेको जग्गामा कीर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमितता गरेको पाइएको छ। सो कार्यमा गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख पाण्डेले मोहीलाई विचौलियामार्फत रु १९ लाख ३० हजार भ्रष्टाचार गरेको पाइएको छ।

यस्तै आयोगले सोही कार्यालयका सहायक प्रशासक मनोजकुमार आचार्यविरुद्ध रु छ लाख ५० हजार, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालविरुद्ध रु चार लाख ३० हजार, मोही भनिने सुमनकान्त ठाकुरले मोहीबाट पटकपटक लिएको रु ६३ लाख ३६ हजार ६६७ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै मोही भनिएकी शत्रुधन जयसवाल रु सात लाख ३५ हजार, मोही गायत्री देवी जयसवालविरुद्ध रु ५६ लाख एक हजार ६६७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ। आरोपी सबैबाट बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

यस्तै सामाजिक सुृरक्षाभत्ता दुरुपयोग गरेको अभियोगमा साविक जयमङ्गलापुर गाविस पर्साका तत्कालीन गाविस सचिव राजेन्द्र महतोविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर छ। आयोगका अनुसार महत्तोले रु ५५ हजार ९०० बराबरको सरकारी रकम दुरुपयोग गरेको पाइएको छ। आरोपी महतोविरुद्ध बिगो असुल गरी कारवाहीको माग गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .