यातायात मजदुरको आन्दोलनका क्रममा यही फागुन १ गते बालाजुमा भएको घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।
उपत्यका प्रहरी कार्यालयका डीआईजी मसाउद आलम खाँको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो।
फागुन २ गते बनेको समितिलाई ७ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउन समय दिइएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए।
समितिमा काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजाल पनि छन्। बाँकी ४ जना उपत्यका प्रहरी कार्यालयका छन्।
उपत्यका प्रहरी कार्यालयबाट एसएसपी हिमालयन श्रेष्ठ, एसपी सानुराम भट्टराई र डएिसपपी खुमलाल भुसाल सदस्य छन्।
बालाजुमा आन्दोलनका क्रममा प्रहरीका दुई वटा गाडीमा आगजनी भएको थियो। ४० बढी प्रहरी घाइते भएका थिए। प्रहरीका विभिन्न सामाग्री पनि जलेका थिए भने अस्थायी प्हरी बिट पनि तोडफोड भएको छ।
उक्त घटनामा प्रहरीको समेत कमजोरी भएको देखिएको छ। समितिले प्हरी कहाँ कहाँ चुक्यो र यो घटना हुन पुग्यो भनेर प्रतिवेदन तयार गर्नेछ। बालाजुका डीएसप भने परिवर्तन गरिसकिएको छ।
घटनामा संलग्न २५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
Shares
प्रतिक्रिया