ad ad

समाज


सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्सबाट मुम्बई लगिँदै, तयारी पूरा

सांसद चन्द्र भण्डारीलाई एयर एम्बुलेन्सबाट मुम्बई लगिँदै, तयारी पूरा

फाइल।


नेपालखबर
फागुन ४, २०७९ बिहिबार १३:२७, काठमाडौँ

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने सम्पूर्ण प्रक्रिया पूरा भएको छ।

थप उपचारका लागि मुम्बईको नेशनल बर्न सेन्टर लैजान सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चन्द्र दाईलाई बम्बईको नेशनल बर्न सेन्टरमा लैजाने, एयर एम्बुलेन्समा लैजाने सबै प्रक्रिया पूरा, ६ डाक्टरसहित ११ जना एयर एम्बुलेन्समा जाने।’

काठमाडौंको बुद्धनगरस्थित घरमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी आमासँगै घाइते भएका थिए। 

विस्फोटमा परी गम्भीर घाइते भएकी उनकी आमाको उपचारका क्रममा किर्तिपुर अस्पतालमा निधन भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .