गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च अदालतमा सुरक्षा सतर्कता बढाइएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वोच्च परिसरमा थप सुरक्षाकर्मी परिचालन गरेको हो। सुरक्षाकर्मीसँगै सर्वोच्च परिसरमा सर्वसाधारण र सञ्चारकर्मीको पनि भिड बढेको छ।
सर्वोच्चको मूलगेटदेखि रामशाहपथको सडक क्षेत्रमा पनि नेपाल प्रहरीको टोली आवश्यक बन्दोवस्तीमा सामानसहित तैनाथ भएका छन्।
गृहमन्त्रीको मुद्दामा आदेश आउने भएपछि सर्वोच्चमा बढाइयो सुरक्षा
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएसँगै अब आदेशको प्रतिक्षा भइरहेको छ।
यो मुद्दामा सर्वोच्चले आदेश दिने या आदेशका लागि अर्को मिति तोक्न सक्ने छ। आदेश आउने भएपछि सर्वसाधारणको पनि चासो सर्वोच्चतिर बढेको छ। बुधबार सुनुवाइ नसकिएपछि शुक्रबार (आज) का लागि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो।
Shares
प्रतिक्रिया