ad ad

समाज


रुबी खानसहितका प्रदर्शनकारी बबरमहलबाट पक्राउ

रुबी खानसहितका प्रदर्शनकारी बबरमहलबाट पक्राउ

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०७९ सोमबार १५:१६, काठमाडौँ

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै प्रदर्शनमा उत्रिएका रूवि खानसहितका प्रदर्शनकारी सोमबार बबरमहलबाट पक्राउ परेका छन्। 

नागरिक समाजका सदस्यसहित बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका खानसहित आधा दर्जन प्रदर्शनकारी पक्राउ परेका हुन्।

उनीहरुलाई प्रदर्शनस्थलबाट पक्राउ गरि हिरासतमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। 

पीडितको न्यायका लागि भन्दै उनीहरु लामो समयदेखि आन्दोलित छन्। निर्मला कुर्मीलाई न्यायका लागि भन्दै रुबी खान लगायतको टोली फेरि आन्दोलित भएको छ। 

बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएको उनीहरुको आरोप छ। तर स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको गुनासो पीडित पक्षको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .