ad ad

समाज


६० वर्षपछि ललितपुरमा स्काउटको एडभान्स तालिम

६० वर्षपछि ललितपुरमा स्काउटको एडभान्स तालिम

नेपालखबर
माघ ८, २०७९ आइतबार २१:१५, काठमाडौँ

ललितपुरमा पहिलोपटक नेपाल स्काउटको ब्याचलर लेभलको तालिम दिइएको छ । 

५१ औं उडव्याज तथा ४४ औं गर्ल्स स्काउट एड्भान्स तालिम मंगलबार सुरु भएको थियो। ६ दिन ७ रात भएको एडभान्स तालिममा ३० जना सहभागी थिए।

स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको आयोजनामा भएको तालिमको आइतबार समापन भएको संयोजक दीपक अर्यालले जानकारी दिए।

गोदावरी नगरपालिका स्थित सेन्ट जेभियर्स स्कूलमा माघ २ गतेदेखि माघ ८ गतेसम्म तालिम चलेको हो।

‘६० वर्षभन्दा बढी समयपछि हामीले स्काउटको एडभान्स तालिम ललितपुरमा दिन सफल भयौं’ संयोजक अर्यालले भने, ‘आज तालिम समापन गरेर प्रमाणपत्र वितरण गर्‍यौं।’

समापन कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी, गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारी लगायतले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेका हुन्।

तालिममा बागमती प्रदेशका विभिन्न नुवाकोट, रसुवा, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायत जिल्लाबाट सहभागी थिए। 
तालिमलाई नेपाल स्काउट बागमती प्रदेशले प्रशिक्षक लगायत सहयोग गरेको थियो।

तालिमका कोर्ष लिडर पुरुषतर्फ सत्य नारायण शाही र महिला तर्फ विजयश्वरी अमात्य थिए।

बागमती प्रदेश स्काउट संयोजक शिवराम अर्यालको अध्यक्षतामा भएको तालिम समापनमा बोल्दै राष्ट्रिय संयोजक भण्डारीले स्काउटिङ्ग शिक्षा बालबालिकाको सर्वाङ्गिण विकास र प्राकृतिक विपतको साथी भएको बताए।

उनले सबै गाउँ तहमा यसलाई प्रभावकारी बनाउनु पर्ने बताए।

‘विद्यालय तहका विद्यार्थीलाई असल नागरिक बनाउन, समाज सेवाप्रतीको भावना विकास गर्न स्काउट तालिम आवश्यक छ’ उनले भने।

गोदावरी नगरपालिकाका उपप्रमुख अधिकारीले हरेक विद्यालयमा स्काउटलाई विस्तार गर्नुपर्ने बताइन्।

‘अब हाम्रो नगरपालिकाको ध्यान यो विषयमा परेको छ, स्काउट शिक्षा दिन हामी लागि पर्छौं’ उनले भनिन्।

तालिममा सहभागी सनि शाक्यले युवामा सकारात्मक सोचको विकास गराउन, सामुहिकतामा काम गर्न नेपाल स्काउटको तालिम महत्वपूर्ण भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .