रुपन्देहीको तिलोत्तमास्थित टाइगर प्यालेस रिसोर्टलाई अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न अदालतले आदेश दिएको छ।
पाँच तारे टाइगर प्यालेसले मिचेको जग्गा खाली गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा रिट दायर भएको थियो।
रिटबारे सुनुवाइ गर्दै जिल्ला अदालत रुपन्देहीले मिचेको खाली जग्गा खाली गर्न आदेश दिएको हो।
अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले रिट निवेदन उपर दाबी पुग्ने आदेश गरेको हो।
रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको भन्दै त्यसबेलाको लुम्बिनी नलकुप जल उपभोक्ता समितिकोतर्फबाट अध्यक्ष थानेश्वर घिमिरेले रिट दायर गरेका थिए।
रिटमा मिचिएको जग्गा खाली गरी फेरि सार्वजनिक प्रयोगमा ल्याउन माग माग गरिएको थियो।
हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले ५ अर्ब रुपैयाँ बढी लगानीमा तिलोत्तमा नगरपालिकाको कोटिहवामा २०७४ सालदेखि रिसोर्ट सञ्चालनमा ल्याएको हो।
Shares
प्रतिक्रिया