ad ad

समाज


विमान दुर्घटना : शव व्यवस्थापनमा परिवारलाई सरकारी निकायले सघाउने

बीमा रकम भुक्तानीमा कुनै समस्या हुने भनाइ
विमान दुर्घटना : शव व्यवस्थापनमा परिवारलाई सरकारी निकायले सघाउने

नेपालखबर
माघ २, २०७९ सोमबार १४:८, काठमाडौँ

राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ। 

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरुको बीमाबारे कुनै समस्या नरहेको बताए। 

उनले बैठकमा शवहरुको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरुलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीबारे छलफल भएको बताए।

‘सबैको अन्तिम संस्कार भइसकेपछि प्रमाणहरु लिएर सबैको बीमाको पाटोमा समस्या छैन। त्यसबाहेक कसरी यसलाई स्मुथ बनाउने, आफन्तहरु पीडामा हुनुहुन्छ, उहाँहरुलाई सहजीकरण गर्न सरकारका निकायहरुले के सहयोग पुर्‍याउनुपर्छ भन्ने छलफल भयो', उनले भने, 'त्यहीअनुसार निर्णय भयो। विदेशी बडीहरु पनि कलेक्शन गर्नुपर्‍यो। पोष्टमार्टम गर्नुपर्‍यो। विदेश पठाउने व्यवस्था गर्नुपर्‍यो। त्यसलाई सहजीकरणबारे पनि कुरा भएको छ।’

बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवाला सहभागी थिए।

आइतवार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजे पोखरा विमानस्थलबाट २ किलोमिटरनजिकक सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .