ad ad

समाज


सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ नहुने

सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ नहुने

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १२:७, काठमाडौँ

नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पुनरावेदनको पेशी सरेको छ।

उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिए पनि सन्दीप पक्षकै कानुन व्यवसायीले निवेदन दिएर पेशी सारेका हुन्। 

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। 

सर्वोच्च बारको अधिवेशनमा कानुन व्यवसायीहरु व्यस्त हुने भएपछि आजको पेशी हटाइएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।

‘वरिष्ठज्युहरु सर्वोच्च बारको अधिवेशनमा व्यस्त हुने भएपछि आजको पेशी हटाइएको छ,’ घिमिरेले नेपालखबरसँग भने, ‘अब अर्को बिहीबार सुनुवाइ होला।’

सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, सविता भण्डारी लगायतका वकिलहरु सर्वोच्च बारको अधिवेशनमा सहभागी हुने भएका हुन्।

नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए। 

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन्। 
अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ। 

तीनै दोहोरो कागजातका आधारमा पीडित नाबालिग नरहेको र लामिछानेले जबरजस्ती करणी पनि नगरेको दाबीसहित उनी पक्ष उच्च अदालत पुगेको हो। 

यसअघि जिल्ला अदालतमा थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी पीडितको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए। 

नाबालिगले जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएपछि सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेर अनुसन्धान गरेको थियो। 

सन्दीप र उनका वकिलले किशोरी नाबालिग नरहेको र जबरजस्तीकरणी नगरेको दाबी गरे पनि जिल्ला अदालतले पछि ठहरे बमोजिम हुने भन्दै तत्कालका लागि थुनामा पठाउने आदहेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .