ad ad

समाज


घरबिदामा गएका सशस्त्र प्रहरीमाथि सर्लाहीमा गोली प्रहार

घरबिदामा गएका सशस्त्र प्रहरीमाथि सर्लाहीमा गोली प्रहार

नेपालखबर
पुस १, २०७९ शुक्रबार २२:१३, काठमाडौँ

घरबिदामा गएका एकजना सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको छ। सर्लाहीको रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि सुरेश साहलाई गोली हानिएको हो।

काभ्रेस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणमा कार्यरत रामनगर गाउँपालिका ४ निवासी ३० वर्षीय साह घाइते भएका हुन्।

उनीमाथि घरबिदामा गाउँ पुगेका बेला गोली हानिएको हो। उनको दाहिने हातको पाखुरामा गोली लागेको छ।

चिनजानकै साथीहरूसँग खाजा खाइरहेका बेला विवाद हुँदा गोली हानिएको खुलेको छ। गोली हानिएपछि दुई जना फरार छन् भने रामप्रवेश साहलाई प्रहरीले पक्राउ गरेको छ।

अहिले उनको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार साहले दिएको ऋण फिर्ताको विषयमा विवाद हुँदा उनीमाथि गोली हानिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .