सशस्त्र प्रहरीले पर्साबाट २१ किलो चरेश बरामद गरेको छ।
पर्साको धोबिनी गाउँपालिका– ५ स्थित बैरिया खोलाबाट २१ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
भिस्वाबाट सशस्त्र प्रहरीका निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले चरेश बरामद गरेको हो। विशेष सूचना पछि सशस्त्रकाे टाेली राती १२ बजे नै सम्भावित क्षेत्रमा लुकेर बसेकाे थियाे। चरेश बाेकेका तस्कर प्रहरी देख्नासाथै साथमा रहेकाे चरेश छाडेर भागेका थिए। उनीहरूकाे खाेजी भइरहेकाे सशस्त्रले जनाएकाे छ।
बरामद चरेश आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएकाे छ।
प्रतिक्रिया