ad ad

समाज


भरतमोहन अधिकारी फाउन्डेसनले मोतिबिन्दुका ३० बिरामीको निःशुल्क शल्यक्रिया गरिदिने

भरतमोहन अधिकारी फाउन्डेसनले मोतिबिन्दुका ३० बिरामीको निःशुल्क शल्यक्रिया गरिदिने

नेपालखबर
पुस ५, २०७६ शनिबार ११:५१,

भक्तपुर भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले भक्तपुरको सूर्यबिनायक नगरपालिका रानीकोटमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।

भक्तपुर सामुदायिक स्वास्थ्य केन्द्र र माट्रिका आई सेन्टरको प्राविधिक सहयोगमा फाउण्डेशनद्वारा आयोजित शिविरबाट भक्तपुरका साथै रानीकोटसँगै सीमा जोडिएका काभ्रे र ललितपुरका करिब १ सय ५० जना आँखाका बिरामीले सेवा लिए।

त्यस क्रममा विशेषज्ञ चिकित्सक टोलीले निःशुल्क आँखा जाँच गर्नुका साथै चश्मा र औषधि वितरण गरेको स्वर्गीय भरतमोहन अधिकारी पुत्री एवं फाउन्डेसनकी सदस्य लीमा अधिकारीले जानकारी दिइन्। चेकजाँचका क्रममा मोतियाबिन्दु प्रमाणित भएका ३० जनाको फाउन्डेसनले आगामी एक साताभित्रै निःशुल्क शल्यक्रिया गरिदिने भएको छ।

मोतियाबिन्दुको लक्षण देखिएका ३० जनाको हामी आउँदो हप्ताभित्रै निःशुल्क शल्यक्रिया गराउँछौं’, कार्यक्रममा बोल्दै अधिकारीले भनिन्।

कार्यक्रममा बोल्दै फाउन्डेसनका उपाध्यक्ष एवं नेकपा नेता सोमप्रसाद पाण्डेले राजनीतिक जीवनमा गरेका सराहनीय कामका कारण भरतमोहन अधिकारीलाई नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने बताए।

अधिकारीले ०५१ सालको अल्पमत सरकारको अर्थमन्त्री छँदा पिछडिएका ग्रामीण भेगमा बसोबास गर्ने जनतालाई लक्षित गरेर सुरु गरेका लोकप्रिय कार्यक्रमकै निरन्तरतामा अहिले घरघरमा सरकार पुगेको उल्लेख गरे। अधिकारीको ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमको सकारात्मक प्रभाव नेपाली समाजमा कहिल्यै नमेटिने पाण्डेले बताए। ‘भरतमोहन अधिकारी अहिले हुनुहुन्न’, पाण्डेले भने, ‘तर, उहाँले मुलुकका लागि गर्नुभएको योगदानका धेरै सकारात्मक पक्षहरु नेपाली समाजले कहिल्यै बिर्सन सक्दैन।’

नेपाली कम्युनिष्ट आन्दोलनका वरिष्ठ व्यक्तित्व भरतमोहन अधिकारीको २०७५ साल फागुन १८ गते ८२ वर्षको उमेरमा निधन भएको थियो। उनैको नाममा फाउन्डेसन स्थापना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .