अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षमा हुने युद्धको लागि ‘अन्तरिक्ष सैन्य बल’ खडा गरेको बताएका छन्।
बीबीसीका अनुसार अमेरिकी हवाई सेनाको मातहतमा ‘अन्तरिक्ष सैन्य बल’ हुने छ।
शुक्रबार वासिङटनस्थित अमेरिकी सेनाको बेसमा आयोजित कार्यक्रममा अन्तरिक्ष विश्वको नयाँ युद्ध भूमि हुने बताउँदै त्यसको तयारीका लागि आफूले अन्तरिक्ष सैन्य बल स्थापना गरेको ट्रम्पले बताए।
शुक्रबार अमेरिकी सेनाको वार्षिक बजेट ७३८ अर्ब डलरको कागजपत्रमा हस्ताक्षर गर्दै ट्रम्पले पहिलो वर्ष अन्तरिक्ष सैन्य बलमा ४० मिलियन अमेरिकी डलर लगानी हुने जानकारी दिए।
अन्तरिक्ष सैन्य बल अन्तरिक्षमै नबस्ने बताउँदै ट्रम्पले नयाँ सेनाहरुको कार्य अन्तरिक्षमा रहेका संयौं अमेरिकी भूउपग्रहको रक्षा गर्नु रहेको बताए।
प्रतिक्रिया