गुल्मीको इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको मृत्यु भएको छ।
स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा शुक्रबार राति आगो लाग्दा एक जनाको मृत्यु भएकाृ हो।
तर ती व्यक्तिको पहिचान हुन नसकेको इस्मा प्रहरी चौकीका प्रहरी हवल्दार दयाबहादुर अधिकारी जानकारी दिए।
गोठवाला घरका कोही व्यक्ति नभएकाले जलेको अवस्थामा भेटिएको शव छिमेकी वा बाहिरका व्यक्तिको हो भन्नेबारे अनुसन्धानभइरहेको उनले बताए।
गोठमा रहेका भैंसी र गोरु जलेको अवस्थामा भेटिएको छिमेकी सुरज बमरेलले जानकारी दिए।
प्रतिक्रिया