रामेछापमा १०१ वर्षका वृद्धले मतदान गरेका छन्। रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरस्थिति हिलेपानी मतदानस्थलमा स्थानीय १०१ वर्षीय नरबहादुर कार्कीले मतदान गरेका हुन्।
उनले २००७ सालयता लगातार मतदान गर्दै आएका छन्। उनले यो पटक पनि भोट हाल्न पाउँदा खुसी लागेको बताए।
प्रतिक्रिया