धेरैवर्ष अगाडिदेखि खोर्सानीलाई मानिसहरु औषधीको रुपमा प्रयोग गर्दै आएका छन्।
अमेरिकन कलेज अफ कार्डियोलजीको जर्नलमा प्रकाशित अनुसन्धानले पहिलेकै मूल्य र मान्यतालाई पुष्टि गर्दै खोर्सानीले मुटु सम्बन्धी रोग र हृदयघातका कारण मृत्यु हुने जोखिमलाई कम गर्ने नयाँ तथ्य फेला पारेको हो।
इटालीमा मानिसहरु खोर्सानी सेवन गर्न खुबै रुचाउँछन्। आठ वर्षसम्म त्यहीको २३ हजार मानिसमा गरिएको अनुसन्धानमा यस तथ्य फेला परेको हो।
२३ हजार मानिसको स्वास्थ्य अवस्थालाई ८ वर्षसम्म अनुगमन गरिएको थियो। जसमा खोर्सानी सेवन गर्ने मानिसलाई हृदयघात र मुटुसम्बन्धी रोग सामान्यभन्दा ४० प्रतिशत कम हुने देखिएको छ।
विभिन्न देशका चिकित्सक तथा अनुसन्धानकर्ताले नयाँ अनुसन्धानलाई गज्जबको खोज भनेका छन्। सीएनएन
प्रतिक्रिया