नेपाली मूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङको फेसन लेभल ‘हाउस अफ स्ले’ लाई अमेरिकी फेसन डिजाइनर्सको छाता संस्था (सीएफडीए)ले ‘पोजिटिभ सोसल इन्फ्लुएन्स अवार्ड’ प्रदान गरेको छ।
सोमबार न्युयोर्कको म्यानहटनमा आयोजना भएको कार्यक्रममा द काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले फेसनका विभिन्न विधामा अवार्ड दिएको हो। गुरुङको नेतृत्वमा एसियाली मूलका हलिउड डिजाइनरहरू लाउरा किम, फिलिप लाम, टिना ल्युङ र एजरा विलियमले उक्त लेभल स्थापना गरेका थिए।
संस्थाको ६०औं वर्षगाँठमा वितरित अवार्डमा वातावरणीय दिगोपन अवार्ड संयुक्त राष्ट्रसंघ, इनोभेसन अवार्ड किम कार्दसियन लगायतलाई प्रदान गरिएको छ।
1.5k
Shares
प्रतिक्रिया