चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ। आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो।
कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैँडा मरेको जानकारी दिए। बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए।
यो आर्थिक वर्षमा यससँगै दुई गैँडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्कानुसार ६९४ गैँडा छन्। रासस
15
Shares
प्रतिक्रिया