ad ad

समाज


धनुषामा बम विस्फाेट : घाइते इन्स्पेक्टरको पनि मृत्यु, मृतक संख्या ३

धनुषामा बम विस्फाेट : घाइते इन्स्पेक्टरको पनि मृत्यु, मृतक संख्या ३

शैलेन्द्र महतो
मंसिर २८, २०७६ शनिबार २:२८,

धनुषामा भएको विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय (सखुवा, महेन्द्रनगर)का प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर दाहालको पनि मृत्यु भएको छ।

शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका इन्स्पेक्टर दाहालको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान (धरान)मा आज (शनिबार) बिहान ७ बजे मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

याेसँगै बम विस्फाेटमा मृत्यु भएकाकाे संख्या ३ पुगेकाे छ। 

bam 1

शुक्रबार राति इलाका प्रहरी कार्यालयभन्दा केही पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साहको घरमा शौचालयअगाडि राखिएको बम प्रहरी निरीक्षक दाहालसहितको टोली निरीक्षण गर्न पुगेका बेला विस्फोट भएको थियो।

त्यही बेला बम विस्फोट हुँदा घरमुली राजेश्वर साह, उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भइसकेको छ।

bam 2

घटनामा प्रहरी जवान रिजन महतो, मृतक साहका अर्का छोरा प्रकाश र छोरी अञ्जलीसहित भएको हो भने इन्स्पेक्टर दाहाल गम्भीर घाइते भएका थिए।

सबै घाइतेलाई बीपी प्रतिष्ठान (धरान) लगिएकामा इन्स्पेक्टर दाहालको उपचारकै क्रममा मृत्यु भएको हो।

याे पनि : धनुषामा शक्तिशाली बम विस्फोट, २ काे मृत्यु, इन्स्पेक्टरसहित ४ गम्भीर घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .