ad ad

समाज


कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको घोषणा

कल्चरल भिडियो कन्टेस्ट नेवारी संस्करणको घोषणा

नेपालखबर
भदौ २४, २०७९ शुक्रबार २१:२३, काठमाडौँ

दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मूल्यमान्यतामा आधारित विषयवस्तुहरु झल्काउने सम्बन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ।

कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन राम श्रेष्ठले गरे।

इन्द्र जात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले ३ मिनेटसम्मको उल्लेखित विषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्नेछ।

प्रतियोगिताको पहिलो चरणमा २०७९ आश्विन १५ गते शनिबारका दिन बेलुकी ६ बजे जुम मिटिङमार्फत प्रतियोगीहरुको छनौट  गरिनेछ र पहिलो चरणमा छनौट  भएका प्रतियोगीहरुहरुले पौष १६ गते भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेल मा पठाईसक्नुपर्ने जनाएको छ। यस प्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिने आयाेजकले जनाएको छ।

उद्घाटन कार्यक्रमका मन्त्री श्रेष्ठले यस प्रकारको कार्यक्रमले हाम्रो मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका निमित्त एकदमै ठुलो टेवा पुर्याउने  र भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने कुरामा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .