ad ad

समाज


इटहरीको बिग बार रेष्टुरेन्टमा भिषण आगलागी

इटहरीको बिग बार रेष्टुरेन्टमा भिषण आगलागी

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ३:३३,

इटहरीको बिग बार होटलमा भिषण आगलागी भएको छ।

सूर्य कम्प्लेक्सस्थित बिग बार रेष्टुरेण्टमा लागेको आगो नौवटा दमकलको सहायतामा नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ।

विराटनगर, दमक, राजविराज, धरान, दुहवी, महेन्द्रगर, सुन्दरहरैचा र इटहरी नगरपालिकाका ९ वटा दमकल आगलागी नियन्त्रण गर्न परिचालन गरिएका थिए।

साढे तीन घण्टासम्म भएको आगलागीबाट रेष्टुरेण्ट पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।

चौथो तलामाथि आगो लागेकाले नियन्त्रणमा समय लागेको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .