ad ad

समाज


३८ सय किलो सुन तस्करी प्रकरणः आरके ज्वलर्सलाई सञ्चालन गर्न दिन सर्वोच्चको आदेश

३८ सय किलो सुन तस्करी प्रकरणः आरके ज्वलर्सलाई सञ्चालन गर्न दिन सर्वोच्चको आदेश

नेपालखबर
मंसिर १८, २०७६ बुधबार १२:४५,

 सर्वोच्च अदालतले ३८ सय किलो सुन तस्करी प्रकरणमा काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा लगाएको शिलबन्दी हटाएर पसल सञ्चालन गर्न दिने परमादेश जारी गरेको छ।

 बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इजलासले आरके ज्वलर्सलाई सञ्चालन गर्न दिन आदेश गरेको हो।

 सुन तस्करी अनुसन्धान समितिले २०७५ जेठ २८ गते तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा आरके ज्वेलर्सका शो रूममा छापा मारी २८ करोडभन्दा बढीका सुनचाँदी बरामद गरेको थियो। बरमाद सुनसहित ज्वलर्सका सञ्चालक आरके भन्ने राजेन्द्रकुमार शाक्यलाई पक्राउ गरेको थियो। शाक्यलाई उच्च अदालत विराटनगरले २०७५ मंसिर २७ गते १० हजार धरौटीमा रिहा गरेको थियो।

सञ्चालक शाक्र घरौटीमा रिहा भए पनि ज्वलर्सको शिलवन्दी भने यथावत नै थियो। शाक्ले ज्वलर्स सञ्चालन गर्न लिन रिट निवेदन दर्ता गरेका थिए। सोही रिटनिवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले सञ्चालन गर्न दिने फैसाला गरेको हो।

आरके ज्वेलर्समा सिलबन्दी(फोटो फिचर)

आरके ज्वैलर्सबाट बरामद २८ करोड बढीको सुनचाँदी अब के हुन्छ? (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .