विराटनगरबाट मोरङको रंगेली जाँदै गरेको बसमा एसिड पोखिएर ५ जना यात्रु घाइते भएका छन्।
विराटनगरको हाट खोलाबाट रंगेलीतर्फ जाँदै गरेको बसमा एक जना यात्रुले बियरको बोतलमा एसिड बोकेको र उक्त बोतल कटारी पुगेपछि फुटेको थियो।
बोतल फुटेर एसिड पोखिएपछि यात्रुहरुको शरीरमा पोखिएको मोरङ प्रहरीले जनाएको छ। को १ ख ३९८१ नम्बर यात्रुवाहक बसमा एसिड पोखिएपछि एक जना सह–चालक र चार जना यात्रु घाइते भएका हुन्।
घाइते हुनेहरूमा सुनवर्षी नगरपालिका ४ का २२ की निता राजवंशी, धनपालथान ५ का ४२ वर्षीय ओमनारायण राजवंशी, भोजपुर घर विराटनगरमा बस्दै आएका र सह–चालक २० वर्षीय विनोद परियार, सुनसरीको बराहा नगरपालिका ८ चकरघट्टीका ४० वर्षीय सुमित्रा उराँव र सुनवर्षी नगरपालिका ९ डाइनियाका २२ वर्षीय सबिया खानम रहेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
घाइते हुनेहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ।
Shares
प्रतिक्रिया