मोरङमा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोटरसाइकल चोरीको आरोप लागेका विनोद चौधरीको बुढिगंगा गाउँपालिका–३ स्थित कोठामा खानतलासीको क्रममा पेस्तोल पनि फेला परेको हो।
प्रहरीका अनुसार खनतलासीको क्रममा चाईनिज पेस्तोल एकथान, त्यसको म्याग्जिन एकथान र एक राउण्डगोलीसमेत बरामद गरिएको छ।
पछिल्लो एक महिनामा मोटरसाइकल चोरीमा संलग्न रहेका १६ जना मानिसहरु र २१ थान मोटरसाइकलसमेत पक्राउ गरी यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
57
Shares
प्रतिक्रिया