मोरङको उर्लाबारी नगरपालिका–४ का सुमन महराले श्रीमतीलाई छुरा हानेका छन्।
मादक पदार्थ सेवन गरी छुरा हान्दा कुमारी महरा गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार मापसे गरेर घर आएका सुमनले पारिवारिक विवादपछि पत्नीको पेटमा छुरा हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
श्रीमानको छुरा प्रहारबाट घाइते भएकी कुमारीको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा ल्याई उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले छुरा हान्ने सुमनलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको छ।
87
Shares
प्रतिक्रिया