ad ad

समाज


इराक आन्दोलनः चार सयको ज्यान गएपछि प्रधानमन्त्रीले राजीनामा दिँदै

इराक आन्दोलनः चार सयको ज्यान गएपछि प्रधानमन्त्रीले राजीनामा दिँदै

नेपालखबर
मंसिर १४, २०७६ शनिबार ६:४५,

प्रदर्शनकारीले इराकमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र अव्यवस्थित सरकारी सेवाविरुद्ध प्रदर्शन गरिरहेका छन्।

गत बिहीबार एकै दिन इराकको नासिरिया र नजाफ क्षेत्रमा ५० जना अन्दोलनकारीको प्रहरीको गोली लागि मृत्यु भएको थियो।

यो घटना इराकी इतिहासकै कालो दिनको रुपमा रहेको जनाइएको छ। बिहीबारको घटनासँगै इराकमा २ महिनामा मृतकको संख्या ४ सय पुगेको छ।

प्रदर्शन रोकिने संकेत नदेखेपछि शुक्रबार इराकका प्रधानमन्त्री अदेल अब्दुल महदीले पदबाट राजीनमा दिने घोषणा गरेका छन्।

महदीले राजीनामा दिने घोषणा गरेसँगै प्रदर्शनकारीहरु खुशी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .