ad ad

समाज


पश्चिमी वायुको प्रभाव हट्यो, तीन दिन मौसम सफा रहने

पश्चिमी वायुको प्रभाव हट्यो, तीन दिन मौसम सफा रहने

नेपालखबर
मंसिर १४, २०७६ शनिबार ४:३१,

हाल देशमा पश्चिमी वायुको प्रभाव हटेको मौसमविद्ले बताएका छन्।

यससँगै आगामी तीन दिन कतै वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले मुलुकमा उल्लेख्य कुनै मौसमी प्रणाली छैन। यसैले पहाडी भेगमा आंशिक बदलीबाहेक देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने उनको अनुमान छ।

आउने सोमबारसम्म मौसमको अवस्था करिब यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।

यसैबीच जाडोयाम भएकाले दिनप्रतिदिन देशभर चिसोको मात्रा भने बढ्दै गएको मौसमविद् बासीले बताइन्।

उनका अनुसार आज बिहान लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ। हिजो शुक्रबार पनि उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री नै थियो। यो नै यस वर्षको अहिलेसम्मै कम तापक्रम हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .