जनकपुरमा आज(मंगलबार) देखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ। बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाई जानकी मन्दिर परिसरमा घुमाएर नगर दर्शन गरिएको हो।
नगर दर्शनमा राम र लक्ष्मणका प्रतिकलाई जानकी मन्दिर परिसरमा राखिएको विभिन्न पसलमा घुमाइएको छ। पसलमा विक्रीमा राखिएको सामान राम र लक्ष्मणलाई मन परे निः शुल्क प्रदान गर्ने गरिन्छ।
नगर दर्शन अवलोकन गर्न जानकी मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो।
विवाहपञ्चमीको दोश्रो दिन मंसिर ११ गते बुधबार फूलबारी लिला, मंसिर १२ गते धनुष यज्ञ, मंसिर १३ गते तिल्कोत्सव, मंसिर १४ गते राम र जानकीको मटकोर र १५ गते विवाहपञ्चमीको मूल दिन रहेको छ। यस्तै मंसिर १६ गते रामकलेवा गरी विधिवत् रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने सहमहन्त वैष्णवले बताए।
Shares
प्रतिक्रिया