सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ।
आइतबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो।
सिंह २०४९ चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना हुँदा पहिलो नम्बरमा थिए।
डीएसपीमा बढुवा हुँदा पनि उनी पहिलो नम्बरमै बढुवा भए। तर पछि राजनीतिक प्रभावमा यो ब्याचका कहिले को कहिले को अगाडि पुगे।
२०६२ जेठ २२ मा डीएसपी भएका सिंह २०६९ माघ ११ गते एसपीमा बढुवा हुँदा दोश्रो नम्बरमा झरेका थिए। त्यतिबेला पहिलो नम्बरमा उत्तमराज सुवेदी थिए।
तर यही ब्याचका एसएसपी बढुवामा भने झनै उथलपुथल देखियो।
सधैँ पाँचौं नम्बरमा रहेका विश्वराज पोख्रेल आफूभन्दा अघिल्लो ब्याचलाई समत उछिन्दै एसएसपीमा बढुवा भए।
एकब्याच अगाडिका शैलेश थापाको ब्याचलाई समेत उछिनेका पोख्रेललाई सरकारले एसएसपीपछि पनि वरियता मिच्दै डीआईजीमा बढुवा गरेको थियो।
पोख्रेलको अप्रत्यासित छलाङले प्रहरीभित्र ठूलो असन्तुष्टि जन्माएको थियो।
उनकै ब्याची र अघिल्लो ब्याची समेत उनीसँग रुष्ट थिए। त्यसपछि पनि सत्ताको आडमा पोख्रेल वरियता मिच्दैअगाडि बढ्ने क्रम रोकिएन।
एमाले सत्तामा हुँदा शैलेश थापा नभएर आफैँ आईजीपी हुनुपर्छ भनेर लागेका पोख्रेलले एआईजी बढुवामा प्रद्युम्न कार्की र निरज शाहीलाई रोकेर आफ्ना लगि राजनीतिक पावर भिडाए।
एमाले सत्तामा हुँदा उनी उपप्रधानमन्त्री ईश्वर पोख्रेलको शक्तिमा अगाडी बढेका थिए।
डेढ वर्ष पहिले नै एआईजी भएका पोख्रेल त्यतिबेलासम्म आईजीपी हुनेमा ढुक्क थिए।
तर सरकारले सहकुल थापालाई पनि उनलाइृ जस्तै गरी अगाडि बढाएपछि पोख्रेलको विकल्प तयार भएको थियो।
तर देउवाको नेतृत्वमा सरकार बनेसँगै प्रहरी नेतृत्वमा पुग्ने उनको सपना दूर बन्दै गयो।
अन्ततः पहिलो नम्बरमा भर्ती भएका सिंह नै आईजीपीमा नियुक्त भए।
आईजीपीका लागि सिंहकै ब्याचका विश्वराज पोख्रेल सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रतिस्पर्धामा थिए।
Shares
प्रतिक्रिया