ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार विस्फोट हुँदा ज्यान गुमाएका एकजना भारतीय नागरिकको शरीर टुक्रा टुक्रा भएको छ।
ललितपुर विस्फोटका घाइते भन्छन् : धेरै साथीहरु बाहिर भएकाले जोगिए
अक्सिजन प्लान्टका सिलिन्डर विस्फोट हुँदा ज्यान गुमाएका भारतीय नागरिक वृज मोहन महतोको शरीर टुक्रा टुक्रा भएको हो।
भारतको बिहारबासी उनको शरीरका टुक्रा प्रहरीले घटनास्थलमा पुगेर उठाएको छ। शरीर क्षतविक्षत भएपछि प्रहरीले प्लास्टिकको झोलामा बटुलेको छ।
प्रहरीका अनुसार महतोका शरीरका हातखुट्टासहितका अंगहरु विस्फोटका क्रममा टुक्रिएका थिए।
शरीरका अन्य अंग पनि घटनास्थलमा छरिएको अवस्था पाइएका छन्। सिलिन्डर विस्फोटपछि शरीर टुक्रा टुक्रा हुँदा घटनास्थलस्थित ग्यास प्लान्टको भित्तो रगताम्मे देखिएको छ।
2.4k
Shares
प्रतिक्रिया