मोरङको लेटाङमा एक प्रहीकाे मृत्यु हुनेगरी भएकाे झडपमा संलग्न आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा स्थानीयको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो।
याे पनि : लेटाङ घटना : बलात्कार आरोपित शिक्षक बचाउन खोज्दा यसरी मारिइन् प्रहरी
घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई पक्राउ गरेकाे मोरङ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी महेशराज तिम्सिनाले नेपालखबरलाई जानकारी दिए।
तर उनीहरुकाे परिचय प्रहरीले सार्वजनिक गरेको छैन।
सूचना अधिकारी तिम्सिनाले भने, ‘भर्खरै हो, ६ जना पक्राउ गरेको जानकारी मलाई आएको छ, सरकारी वकिल कार्यालयको समन्वयमा अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुन्छ।’
222
Shares
प्रतिक्रिया