ताप्लेजुङको फुङलिङ नगरपालिकाको कोप्चे क्षेत्रमा अघि बिहान भएको आगलागी नियन्त्रणमा आएको छ।
स्थानीयका अनुसार फुङलिङ नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिएको हो, तर एउटा घर जलेर नष्ट भएको छ।
आगलागीमा घरसँगै एक महिलाको मृत्यु भएको छ। आगलागी भएकै घरकी सुलिमाया लिम्बुको मृत्यु भएको हो।
‘आगलागी पूर्ण नियन्त्रणमा छ, तर एक जनाको भने ज्यान गयो’, फुङलिङ नगरपालिकाका उपप्रमुख बम बहादुर भट्टराईले नेपालखबरसँग भने, ‘आगो लाग्दा सिलिन्डर पड्कियो, अस्पताल लग्दालग्दै मृत्यु भयो।’
159
Shares
प्रतिक्रिया