ad ad

समाज


सशस्त्र प्रहरीद्वारा लागूऔषध तथा अवैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा लागूऔषध तथा अवैध सामान बरामद

नेपालखबर
मंसिर २, २०७६ सोमबार १२:६,

सशस्त्र प्रहरीको एपीएफ टोलीले सिराहा नगरपालिका ३ मखनाहाबाट ६ बोतल कोरेक्ससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही सिराहा नगरपालिका–१ बस्ने ३५ वर्षीय रंजित महरा छन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्वर ७ गण हेक्वा सिराहाबाट खटिएको एपीएफ टोलीले महरालाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो।
पक्राउ परेका महरालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाईएको छ।

यता, रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ७ स्थित डुमरियाबाट  एपीएफ टोलीले करिव आठ लाख ५० हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ। ना २ ख ६३०४ नम्वरको ट्रकमा अवैध रुपमा लोड गरि राखेको अवस्थामा उल्लेखित रुपैयाँ बराबरको ८५ क्विन्टल प्याज सशस्त्र प्रहरी बल, नेपाल नम्वर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

उक्त ट्रकको भन्सार मुल्य २५ लाख रुपैयाँ रहेको छ। एपीएफ टोलीले बरामद प्याज तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाएको छ।

यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १ गते करिव पाँच लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७१२० नम्वरको यात्रुवाहक बसमा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा मोवाईल सेट एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्कको तीनकुनेबाट बरामद गरेको हो। बरामद सामान सेतुबन्धु भन्सार कार्यालय हरिपुर सुनसरीमा बुझाईएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .